भोजपुरका किसानलाई धान थन्क्याउन चटारो « Khabarhub

भोजपुरका किसानलाई धान थन्क्याउन चटारो


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैं–तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन् ।

केही समयमा अघिको लगातार वर्षातका कारण समयमा धान थन्काउन नपाएका किसान अहिले मौसममा सुधार आएपछि धान बाली भण्डारणमा लागेका छन् । 

भोजपुर नगरपालिका–५ का किसान भिमसेन फुयालले भने, ‘हामी किसान अहिले धान थन्काउने काममा व्यस्त छौँ । केही समयमा अघिको वर्षाले ढिला भयो तर अहिले मौसम खुल्दा राहत महसुस गरेका छौँ । अर्मपर्म गरेर आ–आफ्नो खेतको धान थन्काउने काम जुेटेका छौँ।’

वर्षातका कारण धानबालीमा  केही क्षति पुगेको भए पनि बाँकी बाली भण्डारण गर्ने काम भइरहेको स्थानीय कृषक कमला थापाले बताए। 

‘बर्षातले धानबाली केहि क्षति पुग्यो’ उनले भने,’तर जे बाँकी छ, त्यसलाई थन्काउने काममा गरिरहेका छौँ ।अहिले धान थन्काउने हाम्रो  मुख्य काम बनेको छ ।’

बेमौसमी वर्षा, रोग कीराको समस्याका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन केही घट्ने किसानको अनुमान छ । धान यहाँका किसानको प्रमुख अन्नबाली हो । जिल्लाका नौ वटै स्थानीय तहमा धानको खेती हुने गरेको छ । 
 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १२ : ४४ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको