जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न मन्त्रालयको आह्वान « Khabarhub

जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न मन्त्रालयको आह्वान


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न आह्वान गरेको छ । 

गृह मन्त्रालयले यही कात्तिक २५ गते सबै जिल्ला प्रशासन कार्यालयहरूलाई घाइतेहरूको वर्गीकरण कार्य यथाशीघ्र सम्पन्न गरी स्वास्थ्य मन्त्रालयमा विवरण पठाउन परिपत्र भइसकेकाले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि २०८२ अनुसार यो कार्य समयमै सम्पन्न गर्न जिल्ला स्थित अस्पतालका अस्पताल प्रमुख, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कार्यालय प्रमुखहरूबाट आवश्यक सहयोग र समन्वय गर्नुहुन आव्हान गर्दछौँ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

सरकारले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ । जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ अनुसार घाइतेहरूको वर्गीकरण कार्य सहज बनाउने प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी ८ सदस्सीय जिल्लास्तरीय वर्गीकरण तथा सहजीकरण समिति गठन गरिएको हो ।  

समितिले घाइतेहरूको वर्गीकरण गर्नेछ भने थप आवश्यक सहयोग जिल्ला अस्पतालका अस्पताल प्रमुख, विशेषज्ञ चिकित्सक र स्वास्थ्य कार्यालय प्रमुखबाट लिनेछ । २५ कात्तिकमा गृह मन्त्रालयले घाइतेहरूको वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा रहेको प्राविधिक समितिमा पठाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरिसकेको छ । 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १२ : ४५ बजे

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी