पाल्पाको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद « Khabarhub

पाल्पाको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तानसेन– यहाँका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएका अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले यहाँका दुई छुट्टाछुट्टै स्थानबाट एक लाख ३३ हजार ६०० बराबरको अवैध सामान बरामद गरेको हो ।

जिल्ला रम्भागाउँपालिका र बगनासका लीगाउँपालिकाअन्तर्गत विभिन्न वडामा जिल्ला प्रहरी कार्यालयमा तह कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए। 

उनका अनुसार ५१ हजार ४५० बराबरको ३४३ पिस लेडिज सल, २४ हजार ६०० बराबरको ४१ पिसलेडिज कुर्था सुरुवाल, १८ हजार ८०० बराबरको बच्चा कपडा सेट र ३८ हजार ७५० बराबरको विज्ली लेखेको–सुर्ती प्याकेट बरामद गरिएको छ । बिलभौचर नभएकाले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।

पाल्पामा यसरी अवैध रूपमा सामान ओसारपसार गर्ने क्रम बढ्दो छ । जसको प्रत्यक्ष असर सरकारको राजश्वमा पर्ने देखिएको छ । भन्सार छली गरी अवैधरूपमा ठूलो मात्रामा सामान भित्रिने गर्दा राज्यलाई दिनहुँ ठूलो मात्रामा राजश्व नोक्सानी पर्न गएको छ । 

जबकि सम्बन्धित निकायमौन बसिदिँदा यो क्रम दिनानुदिन बढ्दै गइरहेको छ । विगतमा सीमा आसपासमा मात्र यस्ता गतिविधि भएपनि हाल आएर पाल्पा, गुल्मी, रूपन्देही, कपिलवस्तु एवं नवलपरासीका सम्पूर्ण क्षेत्रसम्म विस्तार भएको छ ।
 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १२ : ५९ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको