आयोगमा पुगेर सुधनले भने- हाम्रा माग पूरा नभएसम्म चुनाव हुन दिँदैनौँ « Khabarhub

आयोगमा पुगेर सुधनले भने- हाम्रा माग पूरा नभएसम्म चुनाव हुन दिँदैनौँ


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुधन गुरुङले आफूहरूको माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् ।  

मतदाता नामावली सङ्कलनमा देखिएका समाधानका लागि भएको पहलका बारेमा बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका गुरुङले जेन-जी युवाहरू निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीविरुद्ध लडेको भन्दै आफूहरूको माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका हुन् ।

उनले आफूहरूलाई विभिन्न दलसँग जोडेर टीकाटिप्पणी भइरहेको भन्दै आपत्ति जनाए  । आफू कुनै दलमा आबद्ध नभएको र निर्वाचनमा आफू नलड्ने उनले स्पष्ट पारे । 

उनले जने-जी आन्दोलनको माग पुरा गर्नुभन्दा सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित रहनु राम्रो नभएको बताए । गुरुङले अहिलेको अवस्थामा गृहमन्त्रीलाई परिवर्तन गर्नुपर्ने अवस्था देखिएको बताए ।

गृहमन्त्रीले गरेको प्रतिबद्धता अनुसार काम गर्न नसकेकाले गृहमन्त्रीबाट नेपाली जनतालाई न्याय दिने कुरामा कुनै विश्वास नरहेको बताए । 

गुरुङ बिहीबार बिहान आयोग पुगेर गुरुङले हिमाली जिल्लामा मतदाता नामावली सङ्कलन गर्न कठिन भएकाले घुम्ती शिविर चलाउन माग गरेका थिए ।

गुरुङनिकट अर्का जेन-जी अभियान्ता अनिल बानियाँका अनुसार आयोगमा गुरुङले आयुक्तहरूसँग छलफल गरे ।

गुरुङले निर्वाचन आयोगको वेबसाइटमा देखिएका समस्या र आजबाट सार्वजनिक हुन लागेको अर्को निर्वाचन पोर्टललाई पनि थप प्रभावकारी बनाउन आग्रह गरे । उनले त्यसलाई सूचनामुखी बनाउनका लागि विभिन्न विकल्पमा छलफल गरेका छन् ।

‘मतदाता नावली सङ्कलनका लागि हिमाली जिल्लामा समस्या भइरहेको बुझेका छौँ । त्यसका लागि घुम्ती शिविर सञ्चालन लगायतको कार्यक्रम गर्न सुझाव दिएका छौँ’, बानियाँले खबरहबलाई भने, ‘आजबाट सार्वजनिक हुन लागेको अर्को निर्वाचन पोर्टललाई पनि व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिएका छौँ ।’

बानियाँका अनुसार आयोगले पनि जेन-जीका मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको बताएका छन्। बानिया निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गुरुङ गएको कुरा गलत रहेको बताउँछन् ।

पछिल्लो समय गुरुङले जेन-जीको मागलाई सम्बोधन गर्न सरकारले विभिन्न विकल्पहरूमा कुराकानी गर्नुपर्ने बताइरहेका छन्। उनले बिहीबार मात्रै गृहमन्त्री ओमप्रकाश अर्यालय नेकपा एमालेका नेता जस्तो हुँदै गएको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १ : २५ बजे

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ ।

अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यतहको वार्ता पुनः सुरु गर्ने सहमति

वासिङ्टन – संयुक्त राज्य अमेरिका र रुस उच्चस्तरीय सैन्यतहको वार्ता

महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साता

गाईघाट – महिला राष्ट्रिय फुटबल लिग आगामी फागुन पहिलो सातादेखि

विश्वकप प्रतियोगिता मात्रै होइन, एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि हो : रोहित पौडेल

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप केवल