मधेश प्रदेशका नवनियुक्त प्रमुख कर्णद्वारा पदभार ग्रहण « Khabarhub

मधेश प्रदेशका नवनियुक्त प्रमुख कर्णद्वारा पदभार ग्रहण


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण गरेका छन् ।  

बिहीबार जनकपुरस्थीत प्रदेश प्रमुखको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । त्यसअघि कार्यालयमा पुग्दा नेपाली सेनाले सलामी अर्पण गरेको थियो भने कार्यालयका कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए ।

पदभार ग्रहणपछि मधेश प्रदेशका प्रदेश प्रमुख कर्णले मधेश प्रदेशमा सरोज कुमार यादव नेतृत्वको सरकार गठनको विषय अदालतमा पुगिसकेकाले अदालतले संवैधानिक व्यवस्था अनुसारकै निर्णय गर्ने विश्वास व्यक्त गरे । 

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशको प्रदेश प्रमुखमा धनुषाका कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार कर्णलाई मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्दै शपथ गराएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ४ : ५६ बजे

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं– नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय