प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीयवासी उत्साहित « Khabarhub

प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीयवासी उत्साहित


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेश सरकारले मोरङ कटहरी गाउँपालिका–१ को तरकारी बजारमा रहेको संरचनामा प्रदेशसभा सार्ने निर्णयले स्थानीयवासी उत्साहित भएका छन् ।

गत भदौ २३ र २४ को जेन-जी आन्दोलनका क्रममा विराटनगरमा रहेको प्रदेशसभा भवन आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । कटहरीमा प्रदेशसभा सार्ने निर्णयसँगै प्रदेशसभा सचिवालय स्थापनाको काम सुरु गरिएको छ । 

सो निर्णयले स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष हरिनारायण राजवंशीले जानकारी दिए । उनले भने, ‘सर्वदलीय बैठक र गाउँ कार्यपालिका बैठकबाट निर्णय गरी निःशुल्क रूपमा प्रदेशसभाका लागि साढे तीन विघाह क्षेत्रफलमा रहेको १६ करोडको संरचना उपलब्ध गराएका छौँ ।’ 

उनकाअनुसार जग्गा धनीपुर्जा पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : ०८ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको