संवाद, सहमति र चुनावबाटै अबको हल खोजौँ : गृहमन्त्री « Khabarhub

संवाद, सहमति र चुनावबाटै अबको हल खोजौँ : गृहमन्त्री


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जीको रगत र कयौँ युवा सहिदहरूको सपनाभन्दा बाहिर जाने र बोल्ने छुट कसैले नभएको बताएका छन् ।   

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै मन्त्री अर्यालले कुनै पनि हालतमा कोही कसैलाई अहिले जेन-जी युवा वर्ग र जनताले चाहेको परिवर्तनको जनभावना विपरीत जाने छुट नभएकोले सबैले वार्ता, सहमति र चुनावबाटै अबको हल खोजिनु पर्ने बताए । 

सरकारले दण्डहीनतालाई कहिल्यै पनि प्रशय नदिने कुरा बताउँदै, मन्त्री अर्यालले राष्ट्रिय र निजी सम्पत्तिमा क्षति भएकोबारे कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगले पनि हेरिरहेको र यसमा सरकारले ‘व्ल्ङ्केट अप्रोचु (नजरअन्दाज) नगरी काम गरिरहेको पनि समिति समक्ष जानकारी दिए ।   
 
‘जेन-जीको रगत सडकमा बग्नुका कारण सुशासन लागि नै हो, यो सरकार सुशासनको मामलामा अत्यन्तै सजक रहन्छ र हामी यसलाई सम्बोधन गरेरै जान्छौँ’, मन्त्री अर्यालले भने। उनले भने, जेन-जी सहिदहरूको सपनाभन्दा बाहिर जाने छुट हामीलाई छैन र देशमा उनीहरूले देखेको सुशासन, भ्रष्टाचार अन्त्यका सपना नै यो आन्दोलन हुनुको मुख्य कारण हो।

समितिमा उठेका प्रश्नहरूको उत्तर दिँदै मन्त्री अर्यालले भने, ‘प्रहरीको मनोबल उच्च राख्न उनीहरूले गर्न र लिन खोजेको निर्णयमा हस्तक्षेप नगरे मात्रै पनि प्रहरी संगठनको मनोबल स्वतः उच्च हुन्छ।’ 

आगामी निर्वाचनमा सुरक्षा निकायलाई आवश्यक बन्दो बस्तीका सामग्रीको कमी हुन नदिन र आवश्यक आर्थिक श्रोत जुटाउन विभिन्न निकायहरूसँग समन्वय भइरहेको पनि मन्त्री अर्यालले समितिलाई बताए । अर्को प्रसङ्गमा मन्त्री अर्यालले भने, दलहरूसँग सरकार नकारात्मक हुनै नसक्ने भन्दै, वार्ता र छलफल विभिन्न तहमा आगामी समयमा हुने नै छ।   

आजको बैठकमा समितिका अधिकांश सदस्यहरूले चुनाव तोकिएकै मितिमै हुने कुरा, प्रहरीहरूको खस्किएको मनोबल, देशमा शान्ति सुरक्षा र भएको वातावरण नभएको जस्ता जिज्ञासा प्रस्तुत गरेका थिए।

समिति सभापति सोनाम गेल्जेन शेर्पाको सभापतित्वमा बसेको बैठकले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि प्रहरीहरूको मनोबल उच्च बनाउँदै आन्दोलनका क्रममा लुटिएका हातहतियार र आपराधिक क्रियाकलापमा लागेकाहरूलाई कानुनी दायर ल्याउन र मुलुकमा भयरहित वातावरण निर्माण गर्न समितिले सरकारलाई निर्देशन गरेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : १० बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र