राष्ट्रियसभाका सदस्यहरू अध्यागमन विभागको अनुगमनमा « Khabarhub

राष्ट्रियसभाका सदस्यहरू अध्यागमन विभागको अनुगमनमा


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बिहीबार अध्यागमन विभागको वस्तुगतस्थिति अनुगमन गर्न विभागको कार्यालय पुगेका छन् ।
 
राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्मालगायत समितिका सचिव एवं उपसचिव सञ्जय दाहाललगायत ११ जना समितिका सदस्यहरू टोली कालिकास्थानस्थित अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अनुगमन गर्न पुगेका हुन् । 

अनुगमनमा सहभागी भएका समितिका सदस्य रेनु चन्दले अध्यागमन विभाग ऐनअनुसार कार्यसम्पादन गर्न के–कस्तो कठिनाइ छ रु बुझ्नु र दैनिक कार्य एवं नीतिगत समस्याहरू के के छन ? भनी पत्ता लगाउन अवलोकन गरिएको चन्दले बताए। 

‘हामीले आज कार्यालयमा पुगेर त्यहाँको कार्यशैलीमा आएका समस्याहरू प्रत्यक्ष बुझ्ने प्रयास गरौँ’, उनले भने।

समितिका सचिव एवं उपसचिव सञ्जय दाहालले अध्यागमन ऐन, २०४९ प्रत्यायोजित विधायनबारे अध्ययन गर्ने क्रममा रहेकाले अध्ययन गर्नुअघि वस्तुस्थति अनुगमन गरिएको बताए। 

‘आज स्थलगत अवलोकन मात्रै गरेका हौँ’, उनले भने, ‘अनुगमनको केही समयपछि प्रतिवेदन तयार पार्ने छौँ र बैठकमा छलफल गर्ने भएका छौँ ।’ 

अध्ययागमन विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले राष्ट्रियसभाका सदस्यहरूको अनुगमनले थप जिम्मेवार बनाएको बताए। 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : १५ बजे

स्मार्ट बटन र वास‍+सहित सेनसेईको नयाँ वासिङ मेसिन सार्वजनिक

काठमाडौं– सेनसेईले  नयाँ फ्रन्ट लोड वाशिंग मेसिन (मोडेल: एसडबल्युएम १० एफएल३| १० केजी) नेपाली बजारमा सार्वजनिक

अर्थतन्त्र सुधार र समृद्धिका लागि कांग्रेस महामन्त्री पौडेलको १५ बुँदे अवधारणा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्नो

निर्वाचन घोषणापत्रमा बालमैत्री नीति समेट्न नेपासको जोड

काठमाडौं– नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले आगामी संसदीय निर्वाचनलाई बाल

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको गयो ज्यान 

काठमाडौं– रौतहट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण