छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ « Khabarhub

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार यही कात्तिक १७ गते घरबाट हराएकी ४० वर्षीया छत्रकुमारीको शव कात्तिक २१ गते तीनपाटन गाउँपालिका–१ सिसौघारीमा फेला परेको थियो । यही कात्तिक १८ गते इलाका प्रहरी कार्यालय बेलघारीमा तिलकबहादुर लकाइले दिएको उजुरीका आधारमा प्रहरीले खोजतलास अभियान थालेको थियो ।

घाँटीमा सलले कसेको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले दुधौली नगरपालिका–१३ का २९ वर्षीय बुद्धबहादुर कामी, दुधौली–१२ का अर्जुन विक र पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ का २६ वर्षीय धर्मराज रामलाई पक्राउ गरेको थियो । सोधपुछका क्रममा घटनामा दुधौली–१३ का सूर्यबहादुर कामी र उनका भाञ्जा टङ्कबहादुर कामी संलग्न रहेको खुलेको प्रहरी उपरीक्षक सुवेदीले बताए ।

सूर्यबहादुरलाई दाङको लमही नगरपालिका–५ बसपार्क क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुली ल्याइएको हो । उनले प्रारम्भिक अनुसन्धानका क्रममा हत्या गरेको स्वीकारेका छन् । घटनामा संलग्न भनिएका सूर्यबहादुरका भाञ्जा टङ्कबहादुरलाई दुधौली–९ बाट पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

मृतक छत्रकुमारीको मोबाइल फोन अभियुक्त सूर्यबहादुरले फ्याँकेको ठाउँबाट प्रहरीले बरामद गरेको छ । शव परीक्षण प्रतिवेदनमा उनको मृत्यु सलले घाँटी थिची गरिएको पुष्टि भएको छ । प्रारम्भिक बयानअनुसार अवैध सम्बन्धका कारण हत्या भएको खुल्न आएको छ । लामो समयदेखि अवैध सम्बन्ध रहेको र अरुले थाहा पाउने डरले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतक छत्रकुमारीका श्रीमान् महेन्द्रबहादुर थापा र सासू–ससुरा भारतमा काम गर्दै आएका छन् । घटनाको थप अनुसन्धान जारी रहेको र अन्य संलग्न व्यक्तिको खोजी तथा प्रमाण सङ्कलन कार्य भइरहेको प्रहरी उपरीक्षक सुवेदीले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १० : २६ बजे

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर