पहाडी भूभागमा आज क्षणिक वर्षाको सम्भावना (३ दिनको पूर्वानुमानसहित) « Khabarhub

पहाडी भूभागमा आज क्षणिक वर्षाको सम्भावना (३ दिनको पूर्वानुमानसहित)


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मुलुकभरको सामान्यतया मौसम सफा रहने पूर्वानुमान गरेको छ ।

पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पुर्वको पहाडमा आंशिक बदलि भएको छ । बांकी भु–भागमा सामान्यतया सफा रहेको छ ।

तीन दिनको मौसमको पूर्वानुमान

कार्तिक ०१ गते (शुक्रबार)

दिउँसोः देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भु–भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकी भु–भागमा मौसम सामान्यया सफा रहनेछ ।

रातिः देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पुर्वी पहाडका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकि भूभागमा मौसम सामान्यया सफा रहनेछ ।

कार्तिक ०२ गते (शनिबार)

दिउँसोः देशभरी आंशिक बदली रही अपरान्ह पछि पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०३ गते (आइतबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदलि रही देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ७ : ५४ बजे

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले