जेन-जीले आज सामूहिक सम्झौतापत्र प्रधानमन्त्री कार्कीलाई बुझाउँदै « Khabarhub

जेन-जीले आज सामूहिक सम्झौतापत्र प्रधानमन्त्री कार्कीलाई बुझाउँदै


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी समूहले आफ्ना सम्झौतापत्र आज प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउँदै छन्। 

जेन-जी मुभमेन्ट अफ अलायन्सका अगुवा अमित खनालका अनुसार आज ११ बजे पछाडि प्रधानमन्त्री कार्कीलाई आफ्ना सम्झौतापत्र बुझाउन लागेका हुन्।

खनालका अनुसार तीनवटा जेन-जी समूहहरूबीच सहमति गरेर आफ्ना सम्झौतापत्र तयार पारेका छन्।

जेन-जी मुभमेन्ट अफ अलायन्स, द काउन्सिल अफ जेन-जी र जेन-जी फन्ट, घाइते र सहिद परिवारका प्रतिनिधिहरूले विगत एक सातादेखि माग पत्र तयार पारिरहेका थिए। 

खनालका अनुसार तयार पारिएको पत्रलाई आज प्रधानमन्त्री कार्यालयलाई बुझाएपछि  माग सम्बोधन गर्ने सन्दर्भमा र आन्दोलनलाई संस्थागत गर्ने विषयमा प्रधानमन्त्रीले कदम चाल्नुपर्ने उनीहरूको माग छ।

‘हामीले लामो समय कसरत गरेर तीनवटा समूह मिलेर तयार पारेको सम्झौतापत्र आज प्रधानमन्त्रीलाई बुझाउँदै छौं।’ खनालले खबरहबलाई भने,’ यो सम्झौता पत्रमा करिब ९० प्रतिशत जेन-जीको आवाज र संलग्नता देखिन्छ । बाँकी केही साथीहरू छुटपुट हुनुभएको होला उहाँलाई हामीले आग्रह गरेको हो तर आउनुभएको छैन ।’

खनालका अनुसार यो पत्र तयार गर्नका लागि विभिन्न छलफलहरू गर्दा लामो समय लागेको थियो। 

उनले अगाडि भने, ‘हामी सबै एकै ठाउँमा आएका छौं ‘ अब आज प्रधानमन्त्रीलाई पत्र बुझाएपछि उहाँले हाम्रो माग सम्बोधन गर्नुहुन्छ भन्ने हामीलाई लागेको छ।’

खनालले आन्दोलनलाई संस्थागत नगरेसम्म कुनै पनि गतिविधि अगाडि नबढाउने समेत बताएका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १० : २५ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९