जेन-जीले आज सामूहिक सम्झौतापत्र प्रधानमन्त्री कार्कीलाई बुझाउँदै « Khabarhub

जेन-जीले आज सामूहिक सम्झौतापत्र प्रधानमन्त्री कार्कीलाई बुझाउँदै


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी समूहले आफ्ना सम्झौतापत्र आज प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउँदै छन्। 

जेन-जी मुभमेन्ट अफ अलायन्सका अगुवा अमित खनालका अनुसार आज ११ बजे पछाडि प्रधानमन्त्री कार्कीलाई आफ्ना सम्झौतापत्र बुझाउन लागेका हुन्।

खनालका अनुसार तीनवटा जेन-जी समूहहरूबीच सहमति गरेर आफ्ना सम्झौतापत्र तयार पारेका छन्।

जेन-जी मुभमेन्ट अफ अलायन्स, द काउन्सिल अफ जेन-जी र जेन-जी फन्ट, घाइते र सहिद परिवारका प्रतिनिधिहरूले विगत एक सातादेखि माग पत्र तयार पारिरहेका थिए। 

खनालका अनुसार तयार पारिएको पत्रलाई आज प्रधानमन्त्री कार्यालयलाई बुझाएपछि  माग सम्बोधन गर्ने सन्दर्भमा र आन्दोलनलाई संस्थागत गर्ने विषयमा प्रधानमन्त्रीले कदम चाल्नुपर्ने उनीहरूको माग छ।

‘हामीले लामो समय कसरत गरेर तीनवटा समूह मिलेर तयार पारेको सम्झौतापत्र आज प्रधानमन्त्रीलाई बुझाउँदै छौं।’ खनालले खबरहबलाई भने,’ यो सम्झौता पत्रमा करिब ९० प्रतिशत जेन-जीको आवाज र संलग्नता देखिन्छ । बाँकी केही साथीहरू छुटपुट हुनुभएको होला उहाँलाई हामीले आग्रह गरेको हो तर आउनुभएको छैन ।’

खनालका अनुसार यो पत्र तयार गर्नका लागि विभिन्न छलफलहरू गर्दा लामो समय लागेको थियो। 

उनले अगाडि भने, ‘हामी सबै एकै ठाउँमा आएका छौं ‘ अब आज प्रधानमन्त्रीलाई पत्र बुझाएपछि उहाँले हाम्रो माग सम्बोधन गर्नुहुन्छ भन्ने हामीलाई लागेको छ।’

खनालले आन्दोलनलाई संस्थागत नगरेसम्म कुनै पनि गतिविधि अगाडि नबढाउने समेत बताएका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १० : २५ बजे

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४