‘परान’को व्यापार साढे ७ करोड पुगेको निर्देशकको दाबी « Khabarhub

‘परान’को व्यापार साढे ७ करोड पुगेको निर्देशकको दाबी


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नीर शाह शीर्ष भूमिकामा रहेको फिल्म ‘परान’ले सुरुवाती दुई सातामा साढे ७ करोड ग्रस कलेक्स गरेको निर्देशक दीपक आचार्य ‘काकु’ले दाबी गरेका छन् ।

कात्तिक १४ बाट प्रदर्शनमा आएको यस फिल्म शुक्रबारबाट तेस्रो सातामा प्रदर्शनरत छन् ।

सुरुवाती दुई साता अर्थात् कात्तिक १४ देखि २७ गतेसम्म फिल्मले सात करोड ५० लाख व्यापार गरेको निर्देशक दीपकले बताए ।

प्रदर्शनको सुरुवाती चार दिनमा न्यून शो र अकुपेन्सी पाएको यस फिल्मले सकारात्मक वर्ड अफ माउथका कारण पाँचौ दिनबाट पिक अप लिएको हो ।

निर्माता रञ्जित आचार्यका अनुसार यस फिल्मले प्रदर्शनको पहिलो दिन ५८ शो पाएको थियो । तेस्रो सातामा यो फिल्मले पहिलो दिनको तुलनामा तेब्बर बढी शो पाएको छ ।

हिट फिल्मको सिक्वेल ‘जारी २’सँगको बक्स अफिस प्रतिस्पर्धामा पनि ‘परान’ले दर्शकलाई आफ्नो पक्षमा पार्न सफल भएको छ । एक सातापछि प्रदर्शनमा आएको ‘जारी २’को भन्दा ‘परान’को शो संख्या बढी छ ।

‘परान’को कथा निर्देशक दीपककै हो । यसको पटकथा भने यम थापाले लेखेका छन् । व्यवासायी तथा उद्योगी शेखर गोल्छा र रञ्चित आचार्यको संयुक्त लगानी रहेको कम्पनी ‘बाइस्कोप सिनेमा प्रालि’ले यो फिल्म निर्माण गरेको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १२ : १७ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको