खगेन्द्रलाई रोमान्टिक देखाएर फिल्म ‘हर्ष’को गीत ‘कुटु कुटु’ सार्वजनिक | Khabarhub Khabarhub

खगेन्द्रलाई रोमान्टिक देखाएर फिल्म ‘हर्ष’को गीत ‘कुटु कुटु’ सार्वजनिक


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक खगेन्द्र लामिछाने र नायिक वर्षा सिवाकोटी शीर्ष भूमिकामा रहेको फिल्म ‘हर्ष’को ‘कुटु कुटु कस्तो लाग्यो माया बरिलै’ बोलको गीत सार्वजनिक भएको छ ।

निर्माण पक्षले फिल्मको प्रचार सामाग्रीका रुपमा शुक्रबार फिल्मको गीत युट्युबमार्फत् सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा खगेन्द्र र वर्षालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । खगेन्द्र पहिलो पटक रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन् ।

यस गीतमा गायक सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर रहेको छ । सनिस ‘द भ्वाइ अफ नेपाल सिजन २’बाट चर्चामा आएका गायक हुन् । गीतको शब्द नीरकलम खड्काको हो ।

हर्ष फिल्म मंसिर १२ बाट प्रदर्शनमा आउँदैछ । यही फिल्मबाट एकता पौडेलले निर्देशनमा डेब्यू गरेकी हुन् । फिल्मको लेखक उनी आफैँ हुन् ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माताहरु प्रशन्न पौडेल र विकास पौडेल हुन् ।

भिडियोको लिंक :

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ०८ बजे

आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र

काठमाडौं– निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको

छोरीको भिडियो देखाउँदै सुन्तली भन्छिन् : चार वर्ष बित्यो, अब आफ्नो पीडा लुकाइरहन सकेनौँ

काठमाडौं- चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण विवाद झन्

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति

कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार

कास्की– जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये