क्यूफएक्सले दियो ‘जारी २’ लाई सुपरहिटको मान्यता « Khabarhub

क्यूफएक्सले दियो ‘जारी २’ लाई सुपरहिटको मान्यता


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशकै सबैभन्दा ठूलो फिल्म हल चेन ‘क्यूएफएक्स’ले कात्तिक २१ बाट प्रदर्शनमा आएको फिल्म ‘जारी २’लाई सुपरहिटको मान्यता दिएको छ ।

क्यूएफएक्सले फिल्म दोस्रो सातामा प्रवेश गरेसँगै शुक्रबार सुपर हिटको मान्यता दिएको हो ।

क्यूएफएक्सले आफू अन्तर्गतका हलमा पहिलो सातामा १ करोड ५० लाख ग्रस कलेक्सन गर्ने फिल्मलाई सुपरहिटको मान्यता दिन अभ्यास गर्दै आएको छ ।

यो वर्ष क्युएफएक्सले सुपरहिटको मान्यता दिएको यो दोस्रो फिल्म हो । यसअघि वैशाख २६ गते प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ले सुपरहिटको मान्यता पाएको थियो ।

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको यस फिल्ममा नायकहरू दयाहाङ राई, विजय बराल र नायिका मिरुना मगर शीर्ष भूमिकामा रहेका छन् ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको ब्यानरमा बनेको यस फिल्मको निर्माता निर्देशकसमेत रहेका रामबाबु गुरुङ हुन् ।

बुकिङमै चाप देखिएको ‘जारी २’ उच्च अकुपेन्सीका साथ प्रदर्शनरत छ । दोस्रो सातामा आइपुग्दा शो संख्या भने घटेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ४ : ४५ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको