फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ बालेनको युट्युब च्यानलबाट सार्वजनिक « Khabarhub

फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ बालेनको युट्युब च्यानलबाट सार्वजनिक


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशनमा बनको फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमी’ले सार्वजनिक भएको छ ।

निर्माण पक्षले गीत शनिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

यस डान्सिङ गीतमा दीपाश्री निरौला र अञ्जली अधिकारी नृत्य देख्न सकिन्छ । गीतको भिडियोमा नायक रमेश उप्रेती र प्रदीप लामाको पनि नृत्य छ । अधिकारी र लामा गीतमा अतिथीय भूमिकामा फिचर्ड गरिएको निर्देशक घिमिरेले बताए ।

यस गीतमा गायिका समीक्षा अधिकारी र गायक वसन्त थापाको युगल स्वर रहेको छ । गीतको शब्द र संगीत संयोजन रमेश परियारको हो ।

मौसमी हिमाली यस गीतको नृत्य निर्देशक हुन् ।

पुस ४ गतेलाई प्रदर्शन मिति तोकिएको यस फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटीलगायतको अभिनय रहेको छ ।

गीतको भिडियोको लिंक

youtube.com/watch?v=LDq5AjOY33M&sttick=0

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १२ : ३७ बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग