आयोगले सार्वजनिक गर्यो फागुन २१ को निर्वाचन कार्यक्रम « Khabarhub

आयोगले सार्वजनिक गर्यो फागुन २१ को निर्वाचन कार्यक्रम


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक प्रणाली दुवैको कार्यक्रम आयोगको वेबसाइट र नेपाल राजपत्रमा प्रकाशन गर्ने व्यवस्था मिलाएएको छ।

पहिलो हुने निर्वाचित हुने प्रणाली

आयोगका अनुसार यस प्रणालीमा मनोनयन दर्ता माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।

उही दिन बेलुका ५ देखि ७ बजेसम्म प्रारम्भिक उम्मेदवार सूची प्रकाशित गरिनेछ।

उजुरी अवधि: माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजे

जाँचबुझ र निर्णय: माघ ७ गते दिउँसो ३ बजेबाट माघ ८ गते बेलुका ५ बजेसम्म

नामावली प्रकाशन: माघ ८ गते बेलुका ५ देखि ७ बजेसम्म

नाम फिर्ता: माघ ९ गते बिहान १० देखि दिउँसो १ बजे

अन्तिम नामावली प्रकाशन: माघ ९ गते दिउँसो १ देखि ३ बजे

चिन्ह वितरण: माघ ९ गते दिउँसो ४ देखि साँझ ७ बजे

समानुपातिक प्रणाली

समानुपातिकतर्फको कार्यक्रम मंसिर २० गतेदेखि लागू हुनेछ।

दल दर्ता/निवेदन: मंसिर २१ गते मध्यरात १२ बजेदेखि मंसिर २३ गते दिउँसो ४ बजेसम्म

दलहरूको नामावली प्रकाशन: मंसिर २४ गते बिहान १० देखि दिउँसो ४ बजे

उम्मेदवारको बन्दसूची पेश: पौष १३ र १४ गते बिहान १० देखि दिउँसो ४ बजे

अन्तिम बन्दसूची प्रकाशन: माघ २० गते बिहान १० देखि बेलुका ५ बजे

मतदान

निर्धारित कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेभित्र देशभरका मतदान केन्द्रमा मतदान हुनेछ।

आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले सम्पूर्ण प्रक्रिया कानूनी समयसीमा भित्र पारदर्शी रूपले सञ्चालन गर्दै निर्वाचन सफल बनाउन आयोग प्रतिबद्ध रहेको बताएका छन्।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : ४६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण