आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस, नेपालमा पहिलो पटक मनाइँदै « Khabarhub

आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस, नेपालमा पहिलो पटक मनाइँदै


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस । आजै देखि लागौँ पाठेघरको मुखको क्यान्सर निवारण गरौँ भन्ने नाराका साथ मनाइँदै छ । 

विश्व स्वास्थ्य संगठनको ७८औँ महासभाबाट १७ नोभेम्बरलाई विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवसको रूपमा मनाउने घोषणा गरे अनुरूप विश्वभर मनाइँदै आएको यो दिवस नेपालमा पहिलो पटक मनाउन लागिएको हो । 

पाठेघरको मुखको क्यान्सर रोकथाम, उपचार र निवारणका लागि यस नाराले सबै सरोकारवाला निकायहरूलाई अहिले नै कदम चाल्न प्रेरित गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख मानिएको छ भने महिलाहरूको मृत्यु हुनेमा यो पहिलो नम्बरमा पर्छ । 

रोकथाम गर्न सकिने हुँदाहुँदै पनि नेपालमा प्रतिदिन ६ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर देखा पर्ने गरेको छ।यही क्यान्सरको कारण प्रतिदिन ४ जना महिलाहरूले ज्यान समेत गुमाइरहेको  तथ्यांकले देखाएको छ । 

यस क्यान्सर निवारणको लागि सन् २०३० सम्ममा नेपाल सरकारले कम्तीमा ९० प्रतिशत किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने, ३० वर्ष माथिका कम्तीमा ९० प्रतिशत महिलाहरूको स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सरको निदान भएका कम्तीमा ९० प्रतिशत महिलाहरूको उपचार गर्ने रणनीतिक लक्ष्य लिएको छ ।

सो लक्ष्य प्राप्तिको लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गत वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा एच.पी.भी. खोपलाई समावेश गरी ९४ प्रतिशत किशोरीहरूलाई पहिलो पटक निःशुल्क खोप सेवा प्रदान गरिसकेको छ भने यस वर्षको फागुन महिनामा पनि विद्यालय जाने ६ कक्षाका छात्रा र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीहरूलाई खोप दिने कार्यक्रम रहेको छ ।

साथै स्थानीय तह मार्फत संचालन हुने एकीकृत प्रजनन स्वास्थ्य रुग्णता शिविर र तालिमप्राप्त स्वास्थ्यकर्मी भएका स्वास्थ्य संस्थामा निःशुल्क रूपमा ३० वर्ष माथिका महिलाहरूको नियमित स्क्रिनिङ कार्यक्रम समेत संचालन गरिँदै आएको छ।त्यस्तै, यसका लागि नेपाल सरकारले क्यान्सरका बिरामीहरूलाई उपचारमा सहुलियत समेत प्रदान गर्दै आएको छ । 

पाठेघरको मुखको क्यान्सरको निवारणका लागि जनचेतना अभिवृद्धि गर्न, किशोरीहरूलाई एच.पी.भी खोप लगाउन प्रोत्साहन गर्न, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्गको महत्त्व बुझाएर समयमा नै यो रोगको पहिचान गरेर उपचार गराउन आम जन समुदायमा मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ११ : १३ बजे

प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार दृढ छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र

झापामा ‘टुरिस्ट’बाट ‘ज्वाइँ’ उम्मेदवार बालेन, रवि बिरामी हुँदा एक्लै देश दौडाहा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह फागुन २१

सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

गलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति ३० दिन मात्र बाँकी रहँदा

क्यान्सर दिवसमा सिएमसीमा निःशुल्क बहिरङ्ग सेवा

चितवन– विश्व क्यान्सर दिवसका अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी

दरखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङ स्थित दरखोलामा मोटरेबल पुल निर्माण