काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी २’ बक्स अफिसमा कमाल गर्न नसेको पाइएको छ ।
चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले सुरुवाती ९ दिनमा चार करोड ९२ लाख २२ हजार मात्रै छ । यस अवधिमा यो फिल्म हेर्नका लागि १ लाख ६२ हजार ३३३ वटा टिकट बिक्री भएको छ ।
२५८ शोसहित प्रदर्शनमा आएको यो फिल्मको व्यापार उत्साहजनक होइन । हिट फिल्म ‘जारी’को सिक्वेल भएकाले पनि यसको व्यापार कमजोर हो ।
‘सकारात्मक वर्ल्ड अफ माउथ’को कमीले यो फिल्मको व्यापार पहिलो सोमबारबाट खस्कँदै गएको थियो । त्यसपछि यसको शो संख्या र अकुपेन्सी निरन्तर ओरालो लाग्दै आएको हो ।
यो पनि – समीक्षा ‘जारी २’ : कमजोर सिक्वेल !
यस फिल्ममा नायक दयाहाङ राई, विजय बराल र नायिका मिरुना मगर शीर्ष भूमिकामा छन् ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्मस्को सहकार्यमा बनेको यस फिल्मको निर्माता रामबाबु गुरुङ हुन् । गुरुङ कबड्डी सिरिजका निर्देशकसमेत हुन् ।













प्रतिक्रिया