काठमाडौं– सिभिल सर्भिस अस्पताल (निजामती कर्मचारी) अस्पतालले करारमा कर्मचारी मागेको छ ।
सोमबार एक सूचना प्रकाशित गर्दै अस्पतालले दसौंदेखि छैटौं तहका ३२ कर्मचारी मागेको हो ।
एक जना अप्थाल्मोलोजी कन्सल्ट्यान्ट, नवौं तहको कार्डियोलोजी १, ग्यास्ट्रोइन्ट्रोलोजी सिनियर रजिष्ट्रार, हेपाटोलोजी, मेडिकल अन्कोलोजी, सिटिभिएस सर्जरी, रेडियोलोजी रजिस्ट्रार, फेमिली मेडिसिन एन्ड इमर्जेन्सी रजिष्ट्रार २ जना लगायत विभिन्न तहका ३२ कर्मचारी मागेको हो ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १५ दिनभित्र दरखास्त दिन सूचनामा भनिएको छ ।














प्रतिक्रिया