एनपीएलको उद्घाटन खेलमा काठमाडौंसँग साबिक विजेता जनकपुर पराजित « Khabarhub

एनपीएलको उद्घाटन खेलमा काठमाडौंसँग साबिक विजेता जनकपुर पराजित


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं गुर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।

टस जितेर जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले जनकपुरले दिएको १३१ रनको लक्ष्य १८ ओभरमा ५ विकेट क्षतिमा पूरा परेको हो । काठमाडौंले १३२ रन जोड्दै विजय यात्रा थालेको हो ।

काठमाडौंको जितमा बेन चार्ल्सवर्थले सबैभन्दा बढी ४६ रन जोडे । उनले २३ बलमा ५ चौका र ३ छक्कासमेत प्रचार गरे ।

ओपनरद्वय बेन र आकाश त्रिपाठीको ७० रनको बलियो साझेदारी सञ्जय कृष्णमूर्तिले तोडेका हुन् । सञ्जयले पहिलो विकेटका रुपमा बेनलाई जोन सिम्पसन मार्फत् क्याच आउट गराएका हुन् ।

दोस्रो विकेटका रुपमा भीम सार्की आउट भए । उनका लागि यो इनिङ सम्झन लायक रहने । ७ बल खर्चेर ३ रन जोडेका भीमलाई ललित राजवंशीले लाहिरु मिलन्थामार्फत् क्याच आउट गराएका हुन् ।

१५ ओभर ४ बलसम्म क्रिजमा टिकेका ओपनर आकाश त्रिपाठीले ४५ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडे ।

काठमाडौंमा मिलन्द कुमारले २२ बलमा खर्चेर १९ रन जोडे । उनले एक छक्का प्रहार गरे । ६ बल खेलेका जोन सिम्पसनले एक चौका र एक छक्काको सहयोगमा १३ रन जोडे ।

अन्य ब्याटरले जितका लागस दोहोरो अंक बनाउन आवश्यक परेन । गेरहार्ड इरास्मसले एक रन र मोहम्मद आदिल आलमले ८ रन जोड्दा जित काठमाडौंको पक्षमा आयो ।

जनकपुरका कुनै पनि बलरले कमाल गर्न सकेनन् । किशोर महतो, अनि शाह, ललित राजवंशी, जान निकोल लोफ्टी(इटन र सञ्जय कृष्णमूर्तिले समान एक(एक विकेट लिए ।

किशोर यादव खर्चिलो बलर बने । उनले तीन ओभर बलिङ गर्दा एक २८ रन खर्चिए । चार–चार ओभर बलिङ गरेका अनिल शाह र लिलत राजवंशीले समान २६–२६ रन खर्चिए ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ७ : १३ बजे

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको