राजेन्द्र लिङ्देन भन्छन्ः देशलाई राजनीतिक निकास दिन सर्वपक्षीय सहमति आवश्यक | Khabarhub Khabarhub

राजेन्द्र लिङ्देन भन्छन्ः देशलाई राजनीतिक निकास दिन सर्वपक्षीय सहमति आवश्यक


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई राजनीतिक निकास दिन राजनीतिक दल र जेनजी समूहबीच सर्वपक्षीय सम्मेलनमार्फत नयाँ सहमति गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

राप्रपा पोखरा महानगर समितिको नगर अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले देशलाई राजनीतिक निकास दिन प्रधानमन्त्रीले सर्वपक्षीय सहमतिका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजङ्ग गुरुङले राप्रपाले उठाउँदै आएको सुशासनलगायतका मुद्दा जेनजीले उठाएर अगाडि बढेकाले राप्रपाले जेनजीलाई समेटेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

पार्टीका महामन्त्री धवलशमसेर राणाले वर्तमान संविधानले जेनजीका माग सम्बोधन गर्न नसक्ने भनाइ राख्दै ठूला दलहरुबाट आजित भएका नेपाली जनताले परिवर्तन खोजिरहेकाले त्यसकै फलस्वरुप अहिलेको अवस्था आएको बताए ।

पोखरा नगर अधिवेशनले पार्टीमा नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : १८ बजे

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने