मजदुरलाई संकट पर्दा पुग्ने नेता कमल गौतम « Khabarhub

मजदुरलाई संकट पर्दा पुग्ने नेता कमल गौतम


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव तथा जिफन्टका संरक्षक विष्णु रिमालले संगठन र पार्टीलाई सङ्कट पर्दा सबैभन्दा बढी मजदुरलाई सङ्कट पर्ने बताएका छन्।

मजदुर नेता कमल गौतमको स्मृतिमा बुटवलमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै रिमाले जहाँ पार्टी, संगठन र मजदुरलाई समस्या पर्छ त्यहाँ कमल गौतम पुगी समस्या समाधान गर्ने नेता भएको बताएका हुन् । उनले गौतमलाई आन्दोलनको पर्यायवाचीका नेताका रूपमा स्मरण गरे ।

जीवनभर मजदुर संगठन र पार्टीमा काम गरेका गौतमको जनप्रतिनिधि बन्ने चाहना पूरा नगरेकोमा निकै पछुतो लागेको उनले बताए ।

रिमालले मजदुर संगठनलाई महत्त्व दिन र आकर्षण गर्नको लागि गौतमको योगदान निकै रहेको बताए । रिक्सा चालक मजदुरलाई संगठित गर्ने कार्यमा गौतमले निक्कै मिहिनेत गरेको र असंगठित मजदुरको क्षेत्रमा बलियो आधार बनाउने काम गरेको रिमालले बताए ।

रिमालले गौतमले स्वदेशमा मात्रै नभई विदेशका कार्यक्रममा जाँदा त्यहाँका राजदुर तथा अन्य सरोकारवालालाई भेला पारेर मजदुरका विषयमा छलफल गराउने, समस्या भएका विषयमा समाधान खोज्ने कामहरू गरेर फर्केको स्मरण गरे ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ९ : ४७ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट