प्रियांकको उत्कृष्ट ब्याटिङमा कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य « Khabarhub

प्रियांकको उत्कृष्ट ब्याटिङमा कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका ओपनर प्रियांक पञ्चलको ब्याटिङ चल्दा चितवन राइनोजले १६७ रनको मध्यम लक्ष्य पाएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १६६ रन बनाएको हो ।

ओपनर प्रियांक ब्याटिङ चितवनका बलरसामु बलर सामु हाबी भएका थिए । उनले ४८ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ९० रन जोडे । खेल १५ ओभर ४ बलमा पुग्दा उनलाई चितवनका रवि भोपराले क्याच आउट गराए ।

कर्णालीका ओपरनद्वय प्रियांक र म्याक्स ओडाउडले ६१ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका रुपमा म्याक्स आउट भएका हुन् । ३० बल खर्चेर २० रन जोडेका उनलाई चितवनका सैफ जैबले नवाै ओभरको पाँचौ बलमा आउट गरे ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १ : २४ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

काठमाडौं– सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक