विशेष महाधिवेशनका लागि दबाब बढाउन जुटे शेखर, गगन र विश्वप्रकाश « Khabarhub

विशेष महाधिवेशनका लागि दबाब बढाउन जुटे शेखर, गगन र विश्वप्रकाश


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पन्ध्रौँ अर्थात् नियमित महाधिवेशन फागुन २१ अघि नहुने भएपछि नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विशेष महाधिवेशनका लागि मोर्चाबन्दी तयारी गरेको छ।

सिंगापुरबाट उपचार गरेर फर्किएका सभापति शेरबहादुर देउवासमेत फागुन २१ अघि नै नियमित महाधिवेशन गराउन तयार नभएपछि इतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्रीद्वयले मोर्चाबन्दी थालेका हुन् ।

महामन्त्रीद्वयले नेता कोइरालालाई मनाएपछि विशेष महाधिवेशन पक्षधरलाई एकैठाउँ ल्याएर संस्थापनमाथि दबाब बढाउने रणनीति बुन्न थालेका हुन् । त्यसकै लागि उनीहरूबीच मंगलबार दिउँसो संवाद चलिरहेको छ।

नियमित महाधिवेशनका लागि करिब एक महिना चलेर अहिले रोकिएको केन्द्रीय कार्यसमितिमा अन्तिम प्रयास गर्दा पनि संस्थापन पक्ष तयार नभएपछि इतर पक्षले विशेष महाधिवेशनको विकल्पमा दबाब बढाएको हो ।

महामन्त्रीद्वयले देउवा र अन्य चार नेता नमानेपछि विशेष महाधिवेशन निर्विकल्प रहेको निचोड निकालेका छन् । उनीहरूको यस कुरामा नेता कोइराला पनि सहमत हुने बिन्दुमा पुगेपछि संवाद थालिएको हो ।

विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बटुलेका महामन्त्री थापा र शर्माले आफ्नो एजेन्डामा कुरा मिल्ने सबै पक्षसँग संवाद चलाइरहेका छन्।

त्यसक्रममा अहिले नेता कोइराला र महामन्त्रीद्वयबीच बालुवाटारमा छलफल भइरहेको छ । यसअघि नेता कोइराला विशेष महाधिवेशनले पार्टी फुट्छ भन्ने बुझाइमा थिए । तर अब कोइरालासमेत केन्द्रीय कार्यसमितिबाट निर्णय गराएर विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

उनले विशेष महाधिवेशनको पक्षमा धारणा सार्वजनिक गरिसकेपछि महामन्त्री थापा र शर्मा भेटघाट भइरहेको छ । तीन नेताबीच मंगलबार दिउँसो २ बजेदेखि बालुवाटारमा वार्ता चलिरहेको छ । अब उनीहरूले संयुक्त रुपमा विशेष महाधिवेशनका लागि कांग्रेसमा आवाज उठाउने रणनीति बुनेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : २८ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक