जनताले दिएको विश्वासलाई डगमगाउन दिन हुँदैन : अध्यक्ष प्रचण्ड « Khabarhub

जनताले दिएको विश्वासलाई डगमगाउन दिन हुँदैन : अध्यक्ष प्रचण्ड


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले जनताले दिएको विश्वासलाई डगमगाउन नदिने गरी काम गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा शुक्रबार शुरु भएको प्रदेशस्तरीय स्थानीय निकायमा नेकपाबाट निर्वाचित पार्टीका जनप्रतिनिधिको विषेश प्रशिक्षण कार्यक्रमको उद्घाटनमा अध्यक्ष प्रचण्डले निर्वाचनका बेला जनतामाँझ गरिएको प्रतिबद्धताअनुसार काम नभएको जनगुनासो बढेकोले सचेत भएर काम निर्देशन दिए ।

“अहिले पाइएको जिम्मेवारी नेकपाका नेता कार्यकर्ताका लागि चुनौती सँगसँगै अवसर पनि छ, हामीले जनताको काम गरेनौँ भने समस्या हुन्छ, एक पटक सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।” आफ्नै कारणले कम्युनिष्ट सत्ताहरु ध्वस्त भएको उदाहरण दिँदै उनले भने, “यो रोग हामी कहाँ नआउला भन्न सकिँदैन ।”

चीनका राष्ट्रपतिको हालै भएको नेपाल भ्रमणको क्रममा चिनियाँ पक्षसँग सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई प्रभाव पार्ने गरी सुर्खेतदेखि हिल्सासम्मको सडकका विषयमा छलफल भएको उल्लेख गर्दै उनले भने, ‘‘सुदूरपश्चिमका पञ्चेश्वर, पश्चिमसेती, माथिल्लो कर्णाली परियोजनालाई अगाडि बढाउन पार्टीको हेड क्वाटरबाटै पहल हुनेछ ।”

नेकपाका सुदूरपश्चिम इन्चार्ज एवं पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले नेकपाले चुनावताका जारी गरेको घोषणापत्रको मर्म र प्रावधानलाई आत्मसात् गर्ने हो भन्ने रेलमार्गको स्थापना झापाबाट नभई पश्चिमको कञ्चनपुर, गड्डा चौकीबाट गर्नुपर्ने बताए । उनले भने, “जनताले पार्टीप्रति गरेको विश्वासलाई व्यवहारबाट देखाउन जरुरी छ ।”

सो पार्टीका स्थायी समिति सदस्य लेखराज भट्टले अबको विकास र समृद्धिको यात्रा विकासका दृष्टिमा पछि परेको सुदूरपश्चिमबाट गर्नुपर्छ भन्नेमा नेतृत्व गम्भीर हुनुपर्ने बताए ।

नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतमा भएको कार्यक्रममा कैलाली जिल्ला इन्चार्ज रुपा सोसी चौधरीसहितका नेताले जनताका आवश्यकतालाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिए । दुईदिने प्रशिक्षणमा डा चन्द्रमणि अधिकारी, गोविन्द बन्दी लगायतले प्रशिक्षण दिने बताइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ९ : ४६ बजे

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि

दुई सातादेखि बेपत्ता थिङको शव फेला

काठमााडौं- विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१