‘बादशाह जुट’ को सुसाइड गीत (भिडियो) | Khabarhub Khabarhub

‘बादशाह जुट’ को सुसाइड गीत (भिडियो)


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘बादशाह जुट’ मा समावेश ‘सुसाइड गीत’ बोलको गीत सार्वजनिक गरिएको छ । कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने फिल्मको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा कोशिश क्षेत्री र रुपक डोटेलको स्वर सुन्न सकिन्छ भने कोशिश क्षेत्रीको संगीत रहेको छ । यस्तै निर्देशक जोनी सिंहले शब्द लेखेका छन् ।

फिल्म रिलिज मिति नजिकिँदै गर्दा चलचित्र टिमले प्रचारलाई पनि व्यस्त बनाएको छ । सोही प्रचारलाई फाइदा पुग्ने हेतुले फिल्ममा समावेश गीत सार्वजनिक गरिएको हो ।

अभिषेक शाषी कुमारको लेखन रहेको फिल्मलाई हर्कबहादुर कुवँर र भोजराज श्रेष्ठले निर्माण गरेका हुन् ।

जोनी सिंह रानाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा आमिर गौतम, सुशील श्रेष्ठ, रविन तामाङ, रश्मी पाण्डे, कमलमणि नेपाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मले यसअघि सार्वजनिक गरेको ट्रेलरले औसत प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १० : १८ बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्