काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ सुरुमै धर्माराएको छ ।
टस हारेर पहिला ब्याटिमा उत्रिएको सुदूरपश्चिमको सुरुवात नै खराब भयो । पहिलो ओभरमा दुई ओपनर जोस ब्राउन र बिनोद भण्डारी आउट भए । उनीहरु दुवैले रनको खाता पनि खोल्न सकेनन् । यी दुवै काठमाडौंका कप्तान करण केसीको बलको शिकार भएका हुन् ।
खेल २ ओभरको पाँचौ बलमा पुग्दा अर्का ब्याटर क्रिस लिन पनि आउट भए । उनी पनि करणकै बलका शिकार भएका हुन् । क्रिसले भने १० बल खर्चेर मुस्किलले २ रन जोडे ।
काठमाडौंले भने बलिङमा आक्रमक देखिएको छ । यसले पावर प्लेमै सुदूरपश्चिम संकटमा परेको छ ।





















प्रतिक्रिया