सुनसरी खोलामा डुबेर एक जनाको मृत्यु « Khabarhub

सुनसरी खोलामा डुबेर एक जनाको मृत्यु


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बाला चतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका तीर्थालुमध्ये नुहाउने क्रममा आज दुई जना डुबेका थिए ।

त्यसमध्ये एक जनाको मृत्यु भएको र एक जनाको प्रहरीले जीवितै उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

प्रवक्ता खड्काका अनुसार आज बिहान करिब २ः३० बजेतीर नुहाउन पुगेका तीन जनामध्ये मोरङ सुन्दरहरैँचा–३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको खोलामा डुबेर मृत्यु भएको अवस्थामा प्रहरीले शव फेला पारेको उनले बताए ।

इनरुवा नगरपालिका–५ का ५८ वर्षीय भीमराज काफ्लेलाई भने प्रहरीले जीवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचारपछि दिउँसो घर पठाएको छ ।

त्यसैगरी, इटहरी उपमहानगरपालिका–१३ का रोहित काफ्ले खोलामा डुबेको केही समयमा आफैँ निस्किनुभएको प्रवक्ता खड्काले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ८ : ३१ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।