नारायणी पुलमा दुई रात गाडी चलाउन नपाइने « Khabarhub

नारायणी पुलमा दुई रात गाडी चलाउन नपाइने


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डमा पर्ने नारायणी नदीको पुलमा दुई दिनका लागि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।

नारायणगढ–बुटवल सडक आयोजनाले बुधबार एक सूचनामार्फत चितवन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गर्न लागिएको जनाएको हो।

आयोजनाका अनुसार, मंसिर ५ र ६ गते (शुक्रबार र शनिबार) रातिको समयमा सवारी आवागमन रोकिनेछ । राति ११ बजेदेखि बिहान ४ बजेसम्म पुलमा सवारी साधन सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख छ।

आयोजना कार्यालयले त्यस अवधिमा वैकल्पिक सडक प्रयोग गर्न वा तोकिएको स्थानमा सवारी रोकेर पालो पर्खन अनुरोध गरेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ८ : ४५ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि