हामी निर्वाचनबाट देश नयाँ पुस्ताको हातमा जाओस् भन्ने चाहन्छौँ : प्रधानमन्त्री कार्की « Khabarhub

हामी निर्वाचनबाट देश नयाँ पुस्ताको हातमा जाओस् भन्ने चाहन्छौँ : प्रधानमन्त्री कार्की


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकारको जिम्मेवारी फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचन भएको बताएकी छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै कार्कीले चुनावपछि देश नयाँ पुस्ताको हातमा जाओस् भन्ने चाहना भएको बताएकी हुन्।

उनले नयाँ र भिजनरी युवाको हातमा सत्ता सुम्पिने इच्छा रहेको पनि सुनाइन्। ‘हामी निर्वाचन गराउनै आएका हौँ। हामी चाहन्छौँ यो देश नयाँ पुस्ताको हातमा जाओस्, केही भिजन भएको मान्छेले यो देश सम्हालिदेओस्,’ उनले भनिन्, ‘हिजोका सबै भ्रष्टाचारी र फटाहा हुन् भन्न खोजेको होइन।’

उनले अबको निर्वाचन धनबलको भरमा नभई जनबलको भरमा हुनुपर्नेमा जोड दिइन्। कम खर्चमा चुनाव लड्न सक्ने वातावरण बनोस् भनेर सरकारले काम गरिरहेको उनको भनाइ छ।

त्यस्तै उनले आफू चुनाव लड्ने दौडमा नरहेको पनि स्पष्ट पारिन्। केहीअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक अन्तर्वार्तामा प्रधानमन्त्री सुशीला कार्कीलाई झापाबाट चुनाव लडेर आफूलाई हराउन चुनौती दिएका थिए।

जवाफमा प्रधानमन्त्री कार्कीले आफ्नो प्राथमिकता चुनाव र सत्ता नभएको बताएकी हुन्। ‘मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेको छु। म स्पष्ट पार्न चाहन्छु– म चुनाव लड्दिनँ । म यहाँ चुनाव लड्न आएको पनि होइन।’

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : १३ बजे

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रिय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रिय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा

शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्

काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा.