निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग राजनीतिक दलको आग्रह « Khabarhub

निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग राजनीतिक दलको आग्रह


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजनीतिक दलका प्रतिनिधिहरूले आगामी निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारमा बोलाउनुभएको विभिन्न राजनीतिक दलको बैठकमा सहभागी दलका नेताहरूले निर्वाचनका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस निर्वाचनमा जान पूर्ण रूपमा तयार भए पनि विश्वाससिलो वातावरण बन्न नसकेको बताए । उनले सरकारको गतिविधिबाट आफूहरू विश्वस्त हुन नसकेको बताउँदै निर्वाचनका लागि आवश्यक आधारभूत तयारी नभएको टिप्पणी गरे ।

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन नसकेको बताए । उनले अन्दोलनका क्रममा लुटिएका हतियार फेला नपरेको र फरार कैदी पक्राउ नपरेको अवस्थामा निर्वाचनका लागि शान्तिसुरक्षाको जोखिम हुने आशङ्का व्यक्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले रास्वपा निर्वाचन केन्द्रित गतिविधिमा पूर्ण रूपमा होमिएको जानकारी दिँदै निर्वाचनका लागि आवश्यक पर्ने आधारभूत तयारी गर्न सरकारसँग माग गरे ।
उनका अनुसार सरकारको पहिलो दायित्व निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु रहेको हुँदा सबै राजनीतिक दलले त्यसमा सहयोग गर्नुपर्नेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : ५९ बजे

ग्यास अभावले देखिन थाल्यो नाकाबन्दीमा जस्तै उपभोक्ताको लाइन (तस्बिरहरू)

काठमाडौं– दुई सातादेखि नेपाली बजारमा ग्यास अभाव देखिएको छ ।

‘धुरंधर २’ को पहिलो पोस्टर सार्वजनिक, रणवीर सिंह आक्रामक अवतारमा

काठमाडौँ – बलिउड सुपरस्टार रणवीर सिंहको चर्चित एक्सन फिल्म ‘धुरंधर’

अमेरिकासँग वार्ता गर्ने इरानको संकेत

दुबई– इरानका मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र न्यायसङ्गत

प्रतिनिधिसभा निर्वाचन : तनहुँ–२ मा पुराना दललाई नयाँको चुनौती

दमौली– तनहुँमा दुईवटा निर्वाचन क्षेत्र छन् । साबिक तनहुँ क्षेत्र

अमेरिका-भारत व्यापार सम्झौतामा खुसी र सतर्कता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अमेरिका–भारत व्यापार सम्झौतालाई