बहिनीको बिहेमा रोएको भन्दै दाजुलाई कारबाहि ! | Khabarhub Khabarhub

बहिनीको बिहेमा रोएको भन्दै दाजुलाई कारबाहि !


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाह गरेर छोरीचेली अन्माउदा माइतीपक्ष रुने गर्दछन् । विवाहपछि चेली अन्माउदा कतिपय दाजुभाइ आफ्नो आसु रोक्न सक्दैनन् ।

स्वभाविक पनि हो, बर्षौ आफुले हुर्काएको छोरीचेली पराई घरमा बिदा गर्दा कुन माइतीको आसु रोकिएला र ? तर विश्वमा यस्तो देश पनि छ जहा चेली अन्माउदा रोएको भन्दै माइतीलाई कारबाहि भएको छ ।

रुसको चेचेन्या भन्ने स्थानमा बहिनीलाई अन्माउदा रोएको भन्दै उनका दाजुलाई कारबाहि सहित सजाय दिइएको छ ।

बहिनीको बिवाहमा मन थाम्न नसकेर रुएको अभियोगमा ति बहिनीका दाजुलाई सार्वजनिक रुपमा माफी मगाइ सजाय दिइएको हो ।

एक साता अघि एक भाइरल भिडियोमा बहिनीको बिवाहको अन्तिम समयमा दाजु रोएको देखेपछि माफि मगाइएको थियो । खासमा रुसको चेचेन्यामा विवाहमा रुनु त्यहाको परम्परा विपरित मानिन्छ ।

चेचेन्याका स्थानीय भाइरल भिडियोमा दाजु रोएको देखेपछि त्यस उपर कारबाहिको माग गरेका थिए । उनीहरुको माग पछि त्यस बिषयमा ठूलो विवाद भयो ।

अन्ततः स्थानीय धार्मिक नेताले उनलाई रोएकोमा माफि माग्नु पर्ने आदेश सुनाए । बिहेको बेला रुनु चेचेन्याको परम्पराको विपरीत भएको र ति दाजुले त्यसको उल्लंघन गरेको धार्मिक नेताको ठहर थियो ।

चेचेन्यामा हुने विवाहको अझ रोचक कुरा के छ भने बहिनीको बिहेमा दाजु जान पाउदैनन् । तर यहा त दाजु जाने मात्र होइन वहिनीको विवाहमा गई रोइदिएपछि त यसले चेचेन्याको नियमको घोर उल्लंघन गरेको ठहर भयो ।

फलस्वरुप ती दाजुले रोएकोमा सार्वजनिक माफी मागे । त्यसपछि उक्त घटनाबारे बहस सकिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ११ : २४ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र