काठमाडौं- बाराको सिमरामा बुधबार जे-नजी युवाहरूमाथि कुटपिट गरेको आरोपमा दुईजना जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका-२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र ६ नम्बर वडाका कैमुध्दिन अन्सारी पक्राउ परेका हुन् । बारामा बुधबार बिहान एमालेका स्थानीय कार्यकर्ता र जेन-जी युवाहरूबीच झडप भएको थियो ।
एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत र भानुभक्त ढकाल राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन परवानीपुरमा आउन लागेको थाहा पाएपछि जेन-जीहरुले सिमरा विमानस्थल घेराउ गरेका थिए । तर, एमाले कार्यकर्ताले उनीहरूलाई मुक्का हानेपछि झडप भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा श्रेष्ठ र अन्सारीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो । उनीहरू दुवैजना २०७९ वैशाखको निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।













प्रतिक्रिया