बोपाराले ब्याटिङ सम्हाल्दा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य « Khabarhub

बोपाराले ब्याटिङ सम्हाल्दा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

हकाठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवनका राइनोजका रवि बोपाराले ब्याटिङ सम्हाल्दा लुम्बिनी लायन्सले १ सय ४३ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हो चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४२ रन बनाएको हो । ओपरनसहित सुरुवाती तीन ब्याटरलाई सस्तैमा गुमाउँदा चितवनको ब्याटिङ धरासायी बनको थियो ।

बापाराले अर्धशतक प्रहार गर्दै टिमको ब्याटिङ उकासे । उनले ५५ बलमा ४ चौका र तीन छक्कासहित ६६ रन जोडे । उनी यो सिजनमा दोस्रो अर्धशतक प्रहार गर्ने खेलाडी समेत बने ।

ओपनरद्वय दीपक बोहोरा र डेविड मलान सस्तैमा आउट भए । पहिलो विकेट गुमेपछि क्रिजमा छिरेका देव खनालको पनि ब्याटिङ चलेन । यस खेलमा उनले १९ बल खर्चेर १४ रन मात्रै जोडे ।

चितवनका कप्तानसमेत रहेका कुशल मल्ल १८ बलमा एक छक्का हान्दै २१ रन जोडेर आउट भए । सैफ जैबले ७ बलमा १५ रन जोड्न २ चौका र एक छक्का हिर्काए । अन्य खेलाडीको ब्याटिङ सम्झनलायक रहेन ।

बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पेलम्यान प्रदर्शन उत्कृष्ट रह्यो । उनले ओपनर डबिड मलान, कप्तान कुशल मल्लजस्ता महत्वपूर्ण ब्याटरको विकेट लिए । सैफ जैब पनि रुबेनकै बलको शिकार भए ।

लुम्बिनीका अभिषेकको बलिङ पनि आकर्षक नै रह्यो । उनले ओपनर दीपक बोहोरा र ब्याटर देव खनालको महत्वपूर्ण विकेट लिए । लुम्बिनीका गुलबदिन नैबले चार ओभर बलिङ गरी २ विकेट लिए ।

उनले चितवनका सबैभन्दा बढी रन बनाउने खेलाडी रवि बोपाराको विकेट लिए । चितवनका सोहेल तन्वीर पनि गुलबदिनकै बलको शिकार भए ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : ३० बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज