सरकारविरुद्ध राँको बालेर सडकमा अनेरास्ववियु (तस्बिरहरू) « Khabarhub

सरकारविरुद्ध राँको बालेर सडकमा अनेरास्ववियु (तस्बिरहरू)


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

सरकारले दललाई निषेध गर्न खोजेको भन्दै अनेरास्ववियुले बिहीबार साँझ काठमाडौंको मीनभवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको हो ।

स्वतन्त्र रुपमा राजनीतिक गतिविधि गर्न पाउने सवैको अधिकार भए पनि एमालेको कार्यक्रमलाई केही ठाँउमा निषेध गर्ने प्रयास सरकारबाटै भएको उनीहरूको आरोप छ ।

उनीहरूले राजनीतिक गतिविधिमा लगातार निषेध भए प्रतिकारमा उत्रने चेतावनी समेत दिएका छन् ।

अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले सुरक्षा दिन नसक्ने सरकारले निर्वाचनको नाटक गरिरहेको समेत बताएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ६ : ४० बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको