पोखराविरुद्ध सुदूरपश्चिमका जोश ब्राउनको अर्धशतक « Khabarhub

पोखराविरुद्ध सुदूरपश्चिमका जोश ब्राउनको अर्धशतक


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउनले अर्धशतक प्रहार गरेका छन् । 

ब्राउनले २९ बलमा ३ छक्का र ५ चौकाको सहयोगमा ५१ रन हानेका हुन् । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङको निम्तो पाएको हो ।

यससँगै जारी सिजनमा आठौँ अर्धशतक प्रहार गर्ने ब्राउन बनेका छन् । 

सिजनमा दोहोरो अर्धशतक एक मात्रै खेलाडी चितवनका रवि बोपारा हुन् । उनले सिजनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा उनले ५२ रन जोडेका थिए । 

बोपाराले पाँचौ खेलमा लुम्बिनी लायन्सविरुद्ध सिजनको व्यक्तिगत दोस्रो अर्धशतक प्रहार गरे । यस खेलमा उनले ५५ बलमा ६६ रन जोडेका थिए । 

सिजनको तेस्रो र सातौं अर्धशतक चितवनका रवि बोपाराको नाममा सुरक्षित छ । 

यो सिजनमा पहिलो अर्धशकप्रहार गर्ने जनकपुर बोल्ट्सका आशिफ शेख हुन् । उनले उद्घाटन खेलमा काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । 

सिजनको दोस्रो अर्धशतक प्रहार गर्ने कर्णालीका प्रियांक पञ्चाल हुन् । उनले एपीएल अन्तर्गतको दोस्रो खेलमा चिवतन राइनोविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । यही खेलमा जवाफी ब्याटिङका क्रममा चितवनका रवि बोपाराले कर्णालीविरुद्ध ५२ रन प्रहार गर्दै यो सिजनको तेस्रो अर्धशक आफ्नो नाममा सुरक्षित गरे । 

विराटनगर किङसका ओपनर लोकेश बमले पोखरा एभेन्जर्सविरुद्ध सिजनको चौथो अर्धशतक प्रहार गरे । यो सिजनको तेस्रो खेलका क्रममा उनले अर्धशतक प्रहार गरेका हुन् । उक्त खेलमै विराटनगरकै ब्याटर मार्टिन गुप्टिलले ६१ रन प्रहार गर्दै पाँचौ अर्धशतक प्रहार गरे । 

एनपीएलको तेस्रो खेलको जवाफी ब्याटिङका क्रममा पोखराका कप्तान कुशल भुर्तेलले सिजनको पाँचौ अर्धशकत प्रहार गरेका हुन् । विराटनगरविरुद्ध जावाफी ब्याटिङमै उनले ५९ रन जोडेका थिए । 

सिजनको छैटौं अर्धशतक सुदूरपश्चिम रोयलसका हर्मित सिंहले प्रहार गरेका हुन् । सिजनको चौथो खेलमा उनले काठमाडौं गुर्खाजलाई लक्ष्य प्रस्तुत गर्ने क्रममा २० बलमा ५३ रन जोडेका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ४ : ५१ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक