बाराका एसपी तामाङलाई हेडक्वार्टर तानियो « Khabarhub

बाराका एसपी तामाङलाई हेडक्वार्टर तानियो


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालय नक्साल झिकाइएको छ। बुधबारदेखि बाराको सिमरामा भएको घटनालाई लिएर तामाङलाई काठमाडौँ तानिएको हो।

बारामा भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई पठाइएको छ।

धादिङका एसपी भेषराज रिजाललाई मधेश प्रहरी कार्यालय पठाइएको छ। धादिङमा एसपी सुमीत खड्कालाई खटाइएको छ।

बारामा जेनजीको प्रदर्शनमा नेकपा एमालेका नेता कार्यकर्ताले आक्रमण गरेका थिए। त्यसपछि लगातार सिमरा क्षेत्र अशान्त छ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ८ : ५१ बजे

भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह

बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार भ्रष्टाचार

मेचीनगरका ४६ जना किसानलाई कृषि औजार

मेचीनगर- मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई रु १४ लाख बराबरका

शीतलहर र हिमपातबाट जोगाउन कसरी हुँदै छ पूर्वतयारी?

काठमाडौं- यसपालि कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो।

लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै

लहान- जिल्लाको लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया

मुस्ताङमा २६६ जना मतदाता थपिए

मुस्ताङ- सरकारले घोषणा गरेको आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका