नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई शपथ « Khabarhub

नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई शपथ


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई आज शपथ दिलाइएको छ । नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले एक कार्यक्रमकाबीच शपथग्रहण गराएकी छिन् ।

केन्द्रीय पार्टी नेतृत्वले ढिलो गरी अर्थात् अन्तिममा गत असोज ९ गते काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरेको थियो । घोषणाको २३ दिनपछि बनेपामा शपथ कार्यक्रम आयोजना गरिएको हो ।

नेकपा केन्द्रीय कमिटीले काभ्रेपलाञ्चोक जिल्ला इन्चार्जमा नेकपा केन्द्रीय सदस्य (वर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता) गोकुलप्रसाद बाँस्कोटा तोकिएका छन् ।

नेकपा काभ्रेपलाञ्चोकको अध्यक्षमा पूर्व नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेता रुकू चौलागार्इं र सचिवमा तत्कालीन नेकपा (एमाले)का अध्यक्ष टोकबहादुर तामाङ तोकिएका छन् ।

जिल्ला अध्यक्ष, सचिव तथा सदस्य गरी १२६ ले शपथ लिएका हुन् । कार्यक्रममा १० सदस्य अनुपस्थित थिए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घोषणा भए पनि काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा भने त्यसको दुई वर्ष तीन महीनापछि अर्थात् अन्तिममा मात्रै ७७औँ जिल्ला कमिटीका रूपमा घोषणा गरिएको थियो ।

तत्कालीन एमालेको जिल्ला कमिटीले पुनर्गठित नेकपाका लागि सिफारिश गरेको सदस्यमा केही ‘हेरफेर’ गर्नुपर्ने भएकाले विभिन्न चरणको छलफलपछि नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका लागि केन्द्रीय कमिटीद्वारा पदाधिकारी घोषणा भएको बताइन्छ । काभ्रेपलाञ्चोकका २२ जना प्रदेश नं ३ कमिटीका सदस्य छन् ।

हाल पूर्वएमालेका ६३ र पूर्व माओवादी केन्द्रका ६३ जनाको प्रतिनिधित्वमा १२६ को काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरिएको हो । पूर्वएमालेका तर्फबाट १५ र पूर्वमाओवादी केन्द्रका तर्फबाट चार मनोनित थपिने र जिल्ला कमिटीले पूर्णता पाउने सचिव टोकबहादुर तामाङले जानकारी दिए । तर, नगर, गाउँ तथा वडा कमिटी भने गठन भएको छैन । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिकामा १६५ वडा छन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, काभ्रेपलाञ्चोक जिल्ला एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री बाँस्कोटा, प्रदेश नं ३ केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष नारायण दाहाल, सचिव आनन्दप्रसाद पोखरेललगायतले नवगठित नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ६ : ४० बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन