नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई शपथ « Khabarhub

नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई शपथ


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई आज शपथ दिलाइएको छ । नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले एक कार्यक्रमकाबीच शपथग्रहण गराएकी छिन् ।

केन्द्रीय पार्टी नेतृत्वले ढिलो गरी अर्थात् अन्तिममा गत असोज ९ गते काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरेको थियो । घोषणाको २३ दिनपछि बनेपामा शपथ कार्यक्रम आयोजना गरिएको हो ।

नेकपा केन्द्रीय कमिटीले काभ्रेपलाञ्चोक जिल्ला इन्चार्जमा नेकपा केन्द्रीय सदस्य (वर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता) गोकुलप्रसाद बाँस्कोटा तोकिएका छन् ।

नेकपा काभ्रेपलाञ्चोकको अध्यक्षमा पूर्व नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेता रुकू चौलागार्इं र सचिवमा तत्कालीन नेकपा (एमाले)का अध्यक्ष टोकबहादुर तामाङ तोकिएका छन् ।

जिल्ला अध्यक्ष, सचिव तथा सदस्य गरी १२६ ले शपथ लिएका हुन् । कार्यक्रममा १० सदस्य अनुपस्थित थिए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घोषणा भए पनि काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा भने त्यसको दुई वर्ष तीन महीनापछि अर्थात् अन्तिममा मात्रै ७७औँ जिल्ला कमिटीका रूपमा घोषणा गरिएको थियो ।

तत्कालीन एमालेको जिल्ला कमिटीले पुनर्गठित नेकपाका लागि सिफारिश गरेको सदस्यमा केही ‘हेरफेर’ गर्नुपर्ने भएकाले विभिन्न चरणको छलफलपछि नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका लागि केन्द्रीय कमिटीद्वारा पदाधिकारी घोषणा भएको बताइन्छ । काभ्रेपलाञ्चोकका २२ जना प्रदेश नं ३ कमिटीका सदस्य छन् ।

हाल पूर्वएमालेका ६३ र पूर्व माओवादी केन्द्रका ६३ जनाको प्रतिनिधित्वमा १२६ को काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरिएको हो । पूर्वएमालेका तर्फबाट १५ र पूर्वमाओवादी केन्द्रका तर्फबाट चार मनोनित थपिने र जिल्ला कमिटीले पूर्णता पाउने सचिव टोकबहादुर तामाङले जानकारी दिए । तर, नगर, गाउँ तथा वडा कमिटी भने गठन भएको छैन । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिकामा १६५ वडा छन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, काभ्रेपलाञ्चोक जिल्ला एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री बाँस्कोटा, प्रदेश नं ३ केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष नारायण दाहाल, सचिव आनन्दप्रसाद पोखरेललगायतले नवगठित नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ६ : ४० बजे

ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा आज दिउँसो ट्रक

पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीमा पूर्वराजा शाहद्वारा शुभकामना 

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी राजदरबार छोडेको करिब दुई दशक

जमातलाई नजरअन्दाज गरे नीति महाधिवेशनबाट नेतृत्व चयन हुन्छ : श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टी नेतृत्व

इरानमाथि आक्रमणका विकल्पबारे छलफलमा ट्रम्प, निर्णय लिन बाँकी

तेहरान– इरानमा पछिल्लो दुई हप्तादेखि सरकारविरोधी प्रदर्शन जारी छ। यसैबीच

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका