काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गुर्खाजले खराब सुरुवात गरेको छ ।
खेलमा २ ओभरको २ बलमा काठमाडौंले कुल सात जोड्दा दोस्रो विकेटका रुपमा रिकार्डो भास्कोन्सेलोसलाई गुमाएको हो ।
४ बलमा ३ रन जोड्दै उनी रन आउट भए । पहिलो ओभरको पाँचौ बलमै ओपनर आकाश त्रिपाठी आउट भए ।
उनलाई विराटनगरका मर्चेन्ट डे लाङ्गेले कप्तान लामिछानेमार्फत् क्याट आउट गराएका हुन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।













प्रतिक्रिया