विराटनगरविरुद्ध काठमाडौंको ब्याटिङ संकटतिर, १३ रन जोड्दा ३ विकेटको क्षति « Khabarhub

विराटनगरविरुद्ध काठमाडौंको ब्याटिङ संकटतिर, १३ रन जोड्दा ३ विकेटको क्षति


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार जारी दोस्रो खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गुर्खाजले लगालग विकेट गुमाएको छ ।

यससँगै काठमाडौंको ब्याटिङ संकटतिर धकेलिएको छ । ओपनरसहित दुई ब्याटर दोहोरो रन नबनाइ आउट भएका छन् । खेल ४ ओभरको पहिलो बलमा पुग्दा काठमाडौं ३ विकेटको क्षतिमा १३ रनको संकटपूर्ण अवस्थामा छ ।

तेस्रो विकेटका रुपमा प्रतीक श्रेष्ठ आउट भएका हुन । उनले ६ बलमा २ रन जोडे ।

उनलाई विराटनगरका मर्चेन्ट डे लाङ्गेले लोकश बममार्फत् क्याच आउट गराएका हुन् । मर्चेन्टकै बलमा काठमाडौंका ओपनर आकाश त्रिपाठी पहिलो ओभरको पाँचौ बलमा रनको खाता नखोली आउट भए ।

पाँच बल सामना गरेका आकाश कप्तान सन्दीप लामिछानेमार्फत् क्याच आउट भएका हुन् । खेल २ ओभरको २ बलमा पुग्दा काठमाडौंले दोस्रो विकेटका रुपमा रिकार्डो भास्कोन्सेलोसलाई गुमाएको हो ।

४ बलमा ३ रन जोड्दै उनी रन आउट भए । उनी आउट हुँदा काठमाडौं २ विकेटको क्षतिमा ७ रनको अवस्थामा पुगेको थियो । विराटनगरको कसिलो बलिङले काठमाडौंका ब्याटरहरु दबाबमा परेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ३ : ५८ बजे

विराटनगरले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार जारी दोस्रो खेलमा

काबुल–इस्लामावाद तनावले पाकिस्तानमा रहेका अफगान आप्रवासी प्रभावित

एजेन्सी– काबुल र इस्लामाबाद बिच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै

म्याग्दीमा दुई हजार दुई सय ३७ जना मतदाता थपिए

म्याग्दी– म्याग्दीमा दुई हजार २३७ जना नयाँ मतदाता थपिएका छन्

माछा मार्न गएका रामकुमार ताजपुरियाको मृत्यु

सुरुङ्गा– माछा मार्न गएका गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार

ट्रम्पको २८ सूत्रीय शान्ति योजना : युक्रेनलाई २७ नोभेम्बरको समयसीमा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्न तयार