काठमाडौं – नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गुर्खाजले सस्तैमा सुरुवाती क्रमका पाँच ब्याटर गुमाएको छ ।
योसँगै काठमाडौंको ब्याटिङ संकटमा परेको छ । ओपनर बेन चार्ल्सवर्थ आउट भएपछि काठमाडौंका महत्वपूर्ण पाँच ब्याटर आउट भएका छन् । बेन अहिलेसम्म काठमाडौंका लागि सबैभन्दा बढी ३२ रन बनाउने ब्याटर हुन् ।
गेरहार्ड इरास्मसले १० रन बनाए । अन्यले दोहोरो रन बनाउन सकेका छैनन् । खेल १२ ओभरको अन्तिम बलमा पुग्दा काठमाडौं पाँच विकेटको क्षतिमा ५६ रनको अवस्थामा सीमित छ ।
विराटनगरका बलरहरुको धारिलो बलिङ सामना गर्न काठमाडौंका ब्याटर कमजोर देखिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रि क्रिकेट रंगशालामा टस हारेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।













प्रतिक्रिया