विराटनगरविरुद्ध पाँच ब्याटर सस्तैमा गुमेपछि संकटमा काठमाडौं « Khabarhub

विराटनगरविरुद्ध पाँच ब्याटर सस्तैमा गुमेपछि संकटमा काठमाडौं


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गुर्खाजले सस्तैमा सुरुवाती क्रमका पाँच ब्याटर गुमाएको छ ।

योसँगै काठमाडौंको ब्याटिङ संकटमा परेको छ । ओपनर बेन चार्ल्सवर्थ आउट भएपछि काठमाडौंका महत्वपूर्ण पाँच ब्याटर आउट भएका छन् । बेन अहिलेसम्म काठमाडौंका लागि सबैभन्दा बढी ३२ रन बनाउने ब्याटर हुन् ।

गेरहार्ड इरास्मसले १० रन बनाए । अन्यले दोहोरो रन बनाउन सकेका छैनन् । खेल १२ ओभरको अन्तिम बलमा पुग्दा काठमाडौं पाँच विकेटको क्षतिमा ५६ रनको अवस्थामा सीमित छ ।

विराटनगरका बलरहरुको धारिलो बलिङ सामना गर्न काठमाडौंका ब्याटर कमजोर देखिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रि क्रिकेट रंगशालामा टस हारेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ४ : ३६ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक