बाबुराम, जनार्दन र सन्तोष एकैठाउँ, आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने « Khabarhub

बाबुराम, जनार्दन र सन्तोष एकैठाउँ, आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका सन्तोष परियारकाे समुहबीच आइतबार एकता घोषणा हुने भएकाे छ ।

राष्ट्रिय सभा गृहमा आइतबार बिहान ११ बजे एकता घोषणा गर्दै उनीहरूले नयाँ दल ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ दर्ता गर्ने सहमति गरेका हुन् ।

नयाँ पार्टी चुनावका लागि पहिले नै दर्ता भइसकेको बताइएको छ। चिन्हका रूपमा नेसपाले प्रयोग गर्दै आएको ‘आँखा’ नै रहने छ भने झण्डा तय गर्ने काम अझै बाँकी छ। महाधिवेशनसम्मका लागि विभिन्न क्षेत्र र समुदाय समेटिएको करिब पाँच–छ जनाको अध्यक्षमण्डल रहनेछ।

घोषणाअघि तीनै पक्षले आ–आफ्ना बैठक र भेला सम्पन्न गरिसकेका छन्। भट्टराई समूहले तीनकुनेमा, शर्माले त्रिपुरेश्वरमा र परियार समूहले छुट्टाछुट्टै छलफल गरेका बुझिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ९ : २४ बजे

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको म्याग्दीको दोभान

म्याग्दी– वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ कृष्ण

आज २०८३ साल वैशाख २६ गते शनिबारको राशिफल

काठमाडौँ– आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर