आक्रमण प्रयासपछि महेश बस्नेत : विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक « Khabarhub

आक्रमण प्रयासपछि महेश बस्नेत : विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर विमानस्थलमा रातो मसी फ्याँकेर आक्रमण प्रयास गरिएको घटनापछि नेकपा एमालेका नेता महेश बस्नेतले कडा प्रतिक्रिया दिएका छन् ।

आइतबार विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा जेन–जी समूहका नाममा जम्मा भएका प्रदर्शनकारीहरूले बस्नेत सवार गाडीमा रातो रङ हानेका थिए। 

त्यस क्रममा नाराबाजीसमेत भएको थियो । घटनापछि सञ्जोग गौतम र अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस्नेत इटहरीमा आयोजना भएको एमाले कार्यक्रमका लागि कोशी आएका थिए ।

घटनापछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आक्रमण प्रयासलाई गम्भीर र निन्दनीय भनेका छन्। उनले लोकतन्त्रमा विरोधको सिमाना हुने बताउँदै शान्तिपूर्ण अभिव्यक्ति वैध भए पनि हिंसात्मक हर्कत स्वीकार्य नहुने बताएका छन् ।  उनले आफूमाथि आक्रमण हुँदा तत्कालै प्रहरीले देखाएको  तत्परताप्रति धन्यवाद दिएका छन्।

बस्नेतले बाधा र अवरोधबीच पनि युवा संघ नेपाल, कोशी प्रदेशको जागरण सभा विराटनगरमा सुरु भएको बताएका छन् । उनले सकारात्मक ऊर्जा र उच्च सहभागितासहितको यो अभियानले देशभर नयाँ सन्देश प्रवाह गर्ने बताएका छन् ।

एमालेका नेतामाथि पछिल्ला दिनमा विभिन्न स्थानमा जेन–जी समूहको नाममा आक्रमण प्रयास भइरहेको छ । इटहरी, सिमरा र मधेसका विभिन्न ठाउँमा उनीविरुद्ध उग्र विरोध देखिएको छ। सिमरामै तीन दिनसम्म तनाव चर्किएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १२ : २१ बजे

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको