नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास « Khabarhub

नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालकेा नेता महेश बस्नेतलाई विराटनगर विमानस्थलमा आइतबार बिहान रातो मसी फ्याँकेर आक्रमण प्रयास गर्ने युवाहरू नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका सदस्यहरू रहेको खुलेको छ ।

विराटनगर विमानस्थलबाट उत्रिएर युवा संघको कोशी प्रदेशस्तरीय भेलामा भाग लिन सुनसरीको इटहरीतर्फ जाने क्रममा बस्नेत सवार गाडीमा बेलुनमा भरेर रातो मासी हान्ने दुवैजना युवा नेपाल विद्यार्थी संघका स्थानीय नेता भएको खुलेको हो ।

बस्नेतले आफूमाथि आक्रमण गर्नेहरू नेविसंघको महेन्द्र मोरङ क्याम्पसका इकाइ सभापति सञ्जोग गौतम र सदस्य अर्पित कुँवर रहेका खुलेको बताएका छन् । उनले आफूलाई आक्रमण गर्ने दुवैजना नेविसंघ कार्यकर्ता रहेको जानकारी कांग्रेसकै नेताहरूबाट प्राप्त भएको खुलाएका छन् ।

विराटनगरविमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो । मसी प्रहार गर्ने विराटनगर १ का सन्जोग गौतम र विराटनगर २ का अर्पित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

बस्नेत सवार गाडीमा रातो मसी हान्ने गौतम नेपाल विद्यार्थी संघ मोरङ जिल्ला कमिटीका सदस्यसमेत रहेको खुलेको छ। गौतमलाई डा. शेखर कोइराला र गगन थापा समूहले महेन्द्र मोरङ क्याम्पसको नेविसंघ इकाइ सभापति बनाएका थिए ।

यी दुवैजनालाई एमाले कार्यकर्ताहरूको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  २ : २० बजे

कर्मचारीलाई राजनीतिक गतिविधिमा लागे बर्खास्त गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूलाई

झाडी सरसफाइ नहुँदा दुर्घटनाको जोखिम

तम्घास– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मी खण्डका सडक किनारका झाडी सरसफाइ

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ

ब्रासिलिया– ब्राजिलका पूर्व राष्ट्रपति जेयर बोल्सोनारोलाई सर्वोच्च अदालतले उच्च भाग्न–जोखिम

घाइते जेन-जीसामु जब लाग्यो राजा चाहियो भन्दै नारा… (तस्बिरहरू)

काठमाडौं- काठमाडौंको माइतीघर मण्डलमा जम्मा भएका घाइते जेन-जीहरूसामु राजावादीको समूहले

मकवानपुरमा १४ हजार छ सय तीन नयाँ मतदाता थप

बागमती–  मकवानपुरमा १४ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । बागमती