म्यान्मारका खेलाडीलाई पराजित गर्दै सेनाका तेजबहादुर प्री–क्वाटरफाइनलमा प्रवेश « Khabarhub

म्यान्मारका खेलाडीलाई पराजित गर्दै सेनाका तेजबहादुर प्री–क्वाटरफाइनलमा प्रवेश


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा बक्सिङतर्फको ४९ किलो तौल समूहमा शनिवार भएको खेलमा नेपालले म्यान्मारलाई पराजित गरेको छ ।

नेपाली सेनाका जमदार तेजबहादुर देउवाले म्यान्मारका खेलाडी माउङक्याव हलालाई ४–१ अङ्कका आधारमा पछि पार्दै प्री–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भए ।

देउवाले अर्को खेल कात्तिक ४ गते गोयनाका खेलाडी लिविस कोलिनसँग खेल्नेछन् । चिनको उहान स्पोर्टस् युनिभर्सिटी ज्युम्नासियमा भएको खेलमा देउवाले प्रतिद्वन्द्वी हाललाई पराजित गरेपछि कुरा गर्दै अनुभव र तालीमले सफलता प्राप्त भएको बताए ।

“अर्को खेल पनि जित्छु भन्ने पूर्ण विश्वास छ”, उनले भने । आजै भएको ९१ किलो बढीको तौल समूहको बक्सिङमा नेपाली सेनाका अमल्दार आशिष दवाडी नाइजेरियाका काजिम समसोनसँग ३–२ अङ्कका आधारमा पराजित भए ।

त्यस्तै आजै जुडो (महिलातर्फ), घोडचढी, फेन्सिङ र बीच भलिबल प्रतियोगितामा नेपाली खेलाडी पराजित भएका छन् । ‘इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम)’ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक भाग लिएको हो । प्रतियोगितामा नेपाली सेनाले १३ खेलमा प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ८ : ३३ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका