काठमाडौं- नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले मोरङको विराटनगरमा नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा आक्रमण गर्ने कार्यकर्तालाई कारबाही हुने बताएका छन् ।
नेविसंघको महेन्द्र मोरङ क्याम्पसका इकाइ सभापति सञ्जोग गौतम र सदस्य अर्पित कुँवरले बस्नेतमाथि आक्रमण प्रयास गरेको खुलेपछि शेर्पाले यस्तो बताउका हुन् ।
आक्रमण गर्ने दुवैजना नेविसंघ कार्यकर्ता रहेको जानकारी कांग्रेसकै नेताहरूबाट प्राप्त भएको खुलाएका बस्नेतले बताइसकेका छन् ।
विराटनगर विमानस्थलबाट उत्रिएर युवा संघको कोशी प्रदेशस्तरीय भेलामा भाग लिन सुनसरीको इटहरीतर्फ जाने क्रममा बस्नेतमाथि आक्रमण प्रयास भएको थियो । सुरूमा जेन-जीको आक्रोशित समूहले आक्रमण गरेको बताइए पनि नेविसंघका नेताहरू जाइलागेको पाइएको छ ।
यस्तोमा सभापति शेर्पाले एमाले र अखिलसँ सयौँ विमतिहरू भए पनि नेविसंघका कार्यकर्कताको यो हर्कत स्वीकार्न नसकिने बताएका छन् ।
‘लोकतन्त्रमा विरोध सबैको अधिकार हो तर आज विराटनगरमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन’, उनले भनेका छन्, ‘संगठनको नाम दुरूपयोग गर्नेहरूलाई कडा कारबाही गरिन्छ ।’
बस्नेत सवार गाडीमा रातो मसी हान्ने गौतम नेपाल विद्यार्थी संघ मोरङ जिल्ला कमिटीका सदस्यसमेत रहेको खुलेको छ। गौतमलाई डा. शेखर कोइराला र गगन थापा समूहले महेन्द्र मोरङ क्याम्पसको नेविसंघ इकाइ सभापति बनाएका थिए ।













प्रतिक्रिया