विवाह पञ्चमीको चौथो दिन आज तिलकोत्सव सम्पन्न « Khabarhub

विवाह पञ्चमीको चौथो दिन आज तिलकोत्सव सम्पन्न


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।

त्रेतायुगमा भगवान् श्रीराम र माता सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महामहोत्सवअन्तर्गत राम मन्दिरको प्राङ्गणमा आज तिलकोत्सव विधि सम्पन्न भएको हो ।

जानकी मन्दिरबाट राजर्षि जनकको स्वरूपमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव भार लिएर राम मन्दिर पुगेका थिए ।

तिलकोत्सवमा उत्तराधिकारी महन्थ दास र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले एकअर्कालाई अङ्कमाल गरेर सम्धी मिलन गरे । उत्तराधिकारी महन्थ दासले दुलहा पक्षका महन्थ गिरीलाई भार हस्तान्तरण गरे ।

अब सोमबार मटकोर विधि, मङ्गलबार विवाहपञ्चमीको मुख्य दिन रामजानकी स्वयंवर तथा राति जानकी मन्दिरमा शुभविवाहको कार्यक्रम हुनेछ । बुधबार रामकलेवा गरेसँगै यस वर्षको विवाहपञ्चमी महामहोत्सव सम्पन्न हुनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ८ : १९ बजे

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको