खण्डहर बन्यो ऐतिहासिक विराटनगर जुट मिल (तस्बिरहरू)  « Khabarhub

खण्डहर बन्यो ऐतिहासिक विराटनगर जुट मिल (तस्बिरहरू) 


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पहिलो र सरकारी स्वामित्वको विराटनगर जुट मिल लामो समयदेखि बन्द छ । नेपालको राजनीतिक आन्दोलनको पनि यो मिलसँग इतिहास जोडिएको छ। 

जुद्धशमशेरले १९९३ सालमा स्थापना गरेको यही उद्योग परिसरमा नेपाली कांग्रेसले २००६ सालमा ‘प्रजातन्त्र रेडियो’ सञ्चालन गरेको थियो । पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले राजनीतिक यात्रा यहीँबाट सुरु गरेका थिए ।

ऐतिहासिक उद्योग भए पनि राजनीतिक हस्तक्षेप हुँदा पटक पटक खुल्ने र बन्द हुने क्रम चलिरहेको छ । पछिल्लो पटक २०७० सालदेखि यो बन्द छ । लामो समयदेखि बन्द भएको उद्योग खण्डहर जस्तै बनेको छ  ।

संरक्षण अभावमा उद्योगका धेरै सामान चोरी भएका छन् । भएका पनि लामो समयदेखि प्रयोगविहीन हुँदा खिया लागेर काम नलाग्ने भएका छन् । 

२०४६ सालमा प्रजातन्त्र पुन:स्थापनासँगै मिलको अवस्था खस्किन सुरु भएको हो । सञ्चालक समितिमा राजनीतिक भर्ती गर्ने र राजनीतिक अस्थिरताका कारण नेतृत्व र व्यवस्थापन पटक पटक परिवर्तन भएकाले उद्योग यो अवस्थामा पुगेको जानकारहरू बताउँछन् ।

तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी  

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ११ : ०७ बजे

बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैतडी– बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जीप दुर्घटना

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि