८२ सालको सबैभन्दा बढी कमाउने फिल्म बन्यो ‘परान’, तेस्रो साताको ब्यापार करोडमाथि व्यापार « Khabarhub

८२ सालको सबैभन्दा बढी कमाउने फिल्म बन्यो ‘परान’, तेस्रो साताको ब्यापार करोडमाथि व्यापार


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपक आचार्य ‘काकु’को डेब्यू निर्देशनमा बनेको फिल्म ‘परान’ले प्रदर्शनको तेस्रो साता मात्रै ४ करोड २९ लाख ५८ हजार ग्रस कलेक्सन गरेका छ ।

चलचित्र विकास बोर्डका अनुसार कात्तिक ३० देखि मंसिर ६ गतेसम्म यो फिल्मले उक्त रकम बराबरको ग्रस कलेक्सन गरको हो । यस अवधिमा १ लाख ५१ हजार ९९३ वटा टिकट बिक्री भएको छ ।

कात्तिक १४ देखि मंसिर ६ सम्म यस फिल्मले १४ करोड १६ लाख ५१ हजार ग्रस कलेक्सन गरेको बोर्डले जनाएको छ ।

यो सँगै ‘परान’ ०८२ सालकै हिट फिल्म बनेको छ । असोज ३१ बाट प्रदर्शनमा आएको नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’को रेकर्ड यसले तोडेको हो ।

यो पनि – समीक्षा : परान भरिएको ‘परान’

‘जेरी अन टप’ले मंसिर ६ सम्म १२ करोड ७ लाख ग्रस कलेक्सन गरेको छ । जारीले केही साताअघि मात्रै फिल्म ‘ऊनको स्वीटर’को रेकर्ड तोडेर वर्षको हिट फिल्म बनेको थियो ।

‘परान’ हिट फिल्मको सिक्वेल ‘जारी २’ र ‘मन बिनाको धन’सँग बक्स अफिस प्रतिस्पर्धा गरेर पनि रेकर्ड राख्न सफल भएको हो ।

यो फिल्मको शीर्ष भूमिकामा कलाकार नीर शाह छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : ३८ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको