‘जारी २’ को व्यापार कमजोर, ग्रस कलेक्सन ६ करोड पुग्नै मुस्किल « Khabarhub

‘जारी २’ को व्यापार कमजोर, ग्रस कलेक्सन ६ करोड पुग्नै मुस्किल


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आएको फिल्म ‘जारी २’लाई ६ करोड ग्रस कलेक्सन पु¥याउनै मुस्किल देखिएको छ ।

बुकिङमा चाप देखिएको यो फिल्मको व्यापार दोस्रो साताबाट आरोलो यात्रामा छ । चलचित्र विकास बोर्डका अनुसार १६ प्रदर्शन दिनमा यस फिल्मले ५ करोड ८९ लाख ग्रस कलेक्सन गरेको छ ।

उक्त अवधिमा यस फिल्म हेर्नका लागि १ लाख ९५ हजार ४२२ वटा टिकट बिक्री भएको बोर्डको आँकडामा देख्न सकिन्छ ।

सामान्य अवस्थामा ग्रस कलेक्सन पाँच करोड नाघ्नुलाई औषत व्यापार मान्ने गरिन्छ । ‘जारी २’ हिट फिल्म ‘जारी’को सिक्वेल भएकाले यसको सुरुवाती १६ दिनको व्यापार कमजोर हो ।

०७९ मा प्रदर्शनमा ‘जारी’ आएको त्यस वर्षको हिट फिल्म हो । बोर्डका अनुसार उक्त फिल्मको लाइफटाइम ग्रस कलेक्सन १७ करोड १७ लाखभन्दा केही बढी छ ।

यस फिल्मको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन् । नायकहरु दयाहाङ राई, विजय बराल र नायिका मिरुना मगर यस फिल्मको शीर्ष भूमिकामा छन् ।

यही फिल्मसँग एक साथ प्रदर्शनमा आएको फिल्म ‘मन बिनाको धन’ले सुरुवाती १६ दिनमा तीन कराेड ४० लाख ग्रस कलेक्स कटाएको बोर्डले बताएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : ५७ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको